Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बलिउड अभिनेत्री आलिया भट्टका हजुरबुबाको निधन

बलिउड अभिनेत्री आलिया भट्टका हजुरबुबाको निधन


  • 2.9K
    Shares

    बलिउड अभिनेत्री आलिया भट्टका हजुरबुबाको निधन

    बलिउड अभिनेत्री आलिया भट्टका हजुरबुवा र सोनी राजदानका बुवा नरेन्द्र राजदानको बिहीबार निधन भएको छ । ९५ वर्षिय राजदान लामो समयदेखि बिरामी थिए ।

    उनको फोक्सोमा इन्फेक्सन भएको थियो, जसका कारण उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।

    उनको मृत्युपछि नरेन्द्र राजदानकी छोरी सोनीले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै बुवालाई श्रद्धाञ्जली अर्पण गरेकी छिन् । अर्कोतर्फ, आलियाले नानाको ९२औँ जन्मदिनको एक पोस्ट सेयर गरेकी छिन्, जसमा उनी निकै खुसी र जीवन्त देखिएका छन् । आलियाले भिडियोसँग निकै भावुक क्याप्सन सेयर गरेकी छिन् ।

    आलिया आइफा अवार्ड २०२३ मा अवार्ड लिन दुबई जाने कार्यक्रम थियो । तर हजुरबुबालाई अस्पतालमा भर्ना गरिएका कारण उनले आफ्नो कार्यक्रम रद्द गरेकी थिइन् । एजेन्सी 

     

    प्रकाशित मिति :जेठ १९ २०८० शुक्रवार - १२:५२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij