Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

नेकपा एसले लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्यो

नेकपा एसले लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्यो


  • 1.7K
    Shares

    नेकपा एसले लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्यो

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादीले आर्थिक वर्ष) २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।पार्टी गठनपछि आव २०७८/७९ को आम्दानी र खर्चको विवरण को सार्वजनिक भएको हो ।

    पार्टीले गत असार मसान्तसम्मको आम्दानी र खर्चको विवरण लेखापरीक्षण गरी सार्वजनिकीकरण गरेको हो । सो आवमा पार्टीको कूल आम्दानी सात करोड १५ लाख ९० हजार तीन सय ७७ र कूल खर्च ६ करोड पाँच लाख २९ हजार पाँच सय २९ रहेको छ । यस्तै, एक करोड १० लाख ६० हजार आठ सय ४८ बचत रहेको पार्टीका पोलिटब्यूरो सदस्य तथा आर्थिक विभागका प्रमुख सोमप्रसाद पाण्डेले बताए ।

    राजनीतिक दलसम्बन्धी ऐन २०७३ को व्यवस्थाबमोजिम पार्टीले डी डी अधिकारी एन्ड एसोसिएटमार्फत लेखापरीक्षण गरी निर्वाचन आयोगमा बुझाएको हिसाबलाई सार्वजनिक गरिएको पार्टीको लेखाप्रमुख खेमराज पौडेलले जानकारी दिए ।

    प्रकाशित मिति :जेठ १९ २०८० शुक्रवार - ११:०२:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij