२०८२ माघ ७ गते बुधवार
अत्यधिक गर्मी बढेको भन्दै रौतहटमा एक हप्ताका लागि विद्यालय बन्द गरिएको छ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जिल्लाका सबै पालिकालाई एक हप्ता विद्यालय बन्द गर्न निर्देशन गरे अनुसार आजदेखि विद्यालय बन्द भएका हुन्।
सो समन्वय इकाइ प्रमुख रामविनय कुमार सिंह जारी गरेको विज्ञप्ति अनुसार जिल्लाका १८ वटै पालिका कार्यालयलाई विद्यालय बन्द गर्न भनिएको हो।
अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिका मुर्छित भइरहेकाले वर्षे बिदाबाट कट्टा हुने गरी एक हप्ता गर्मी बिदाका लागि अनुरोध आए पछि विद्यालय बन्द गर्नु परेको इकाई प्रमुख सिंहद्वारा जारी सूचनामा उल्लेख छ।
हाल रौतहटसहित मध्ये मधेस प्रदेशका जिल्लाहरूमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म मापन गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij