Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

सेयर बजार १६ .५४ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

सेयर बजार १६ .५४ अंकले बढ्यो, कारोबार रकम भने घट्यो


  • 3.5K
    Shares

    सेयर बजार १६ .५४ अंकले बढ्यो, कारोबार रकम भने घट्यो
    images

    काठमाडौं,। यो साता कारोबार भएको तीनै दिन घटेको सेयर बजार साताको अन्तिम कारोबार दिन भने दोहोरो अंकमा वृद्धि भएको छ ।

    बिहीवार सेयर बजार परिसूचांक नेप्सेमा १६.५४ अंकको वृद्धि भएको हो ।आज नेप्से १६.५४ अंकले वृद्धि हुँदै १८६६.३४ बिन्दुमा पुगेको छ ।

    नेप्से बढेको दिन अघिल्लो दिनको तुलनामा कारोबार भने उल्लेख्य मात्रामा घटेको छ । आज ६१ लाख २८ हजार कित्ता सेयर कूल १ अर्ब ६५ करोड ४६ लाख बराबरमा किनवेच भएको छ ।

    १७१ कम्पनीको मुल्यमा उल्लेख्य वृद्धि भएको दिन आज ३७ कम्पनीको मुल्यमा भने गिरावट आएको छ । त्यस्तै ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन् ।

    प्रकाशित मिति :जेठ १८ २०८० बिहिवार - १५:२७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij