Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सनराइज बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

सनराइज बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला


  • 2.9K
    Shares

    सनराइज बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

    काठमाडौँ । सनराइज बैंक लिमिटेडले १ लाख २२ हजार ४५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको छ ।

    बैंकले प्रतिकित्ता १२५ रुपैयाँ मूल्य तोकेर यो शेयर विक्रीमा ल्याएको हो । यसअघि बैंकले विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सूचना जारी गरेको थियो । विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेपछि बैंकले सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।

    शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी ७ दिनभित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बैंकको केन्द्रीय कार्यालय गैह्रीधारा स्थित शेयर रजिष्ट्री विभागमा निवेदन पेश गर्नुपर्नेछ ।

    सनराइज बैंक र लक्ष्मी बैंक मर्जर प्रक्रियामा रहेका छन् । मर्जर प्रस्तावलाई अन्तिम रूप दिनका लागि दुवै बैंकले असार ३ गते सभाको आयोजना गरेका छन् । दुवै बैंक समान हैसियतमा एक हुन लागेका हुन् ।

     

    प्रकाशित मिति :जेठ १८ २०८० बिहिवार - १३:४४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij