२०८२ माघ ८ गते बिहिवार
नेपाल आइडल फेम्ड गायक किरण भुजेल र गायिका अश्मीता अधिकारीको आवाजमा ‘चल्यो चल्यो बतास चल्यो’ बोलको गीत सार्वजनिक भएको छ।
सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा रमेश विश्वकर्मा, आयुष्मा कार्की, दिया जिसी, दीपेन्द्र खत्री (आरुष) तथा टिकटकबाट चर्चित बनेका बालकलाकार आरुषी ढकाल र रोनिश खड्काको अभिनय देख्न सकिन्छ।
रोनिश एण्ड ड्याड प्रोडक्सनको ब्यानरमा निर्माण भएको गीतमा गोविन्द कुइँकेलको शब्द डिबी लामाको संगीत, पुस्कर सुनुवारको एरेन्ज, दीपेश प्रधानको मास्टरिंगर मिक्सिङ रहेको छ।
चक्र बहादुर रिजालले खिचेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन्। सियोन श्रेष्ठले निर्देशन गरेको भिडियोमा कलाकारहरुको अभिनय राम्रो देख्न सकिन्छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij