२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । सिद्धार्थ बैंकका ग्राहकहरूले नेपालगञ्जस्थित ले रायरा रेष्टुरेन्ट र वन्डरल्याण्ड वाटर एण्ड फन पार्कमा १० प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंक र उक्त रेष्टुरेन्टबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट नेपालगञ्ज शाखा प्रमुख किरण राणामगर तथा ले राएरा रेष्टुरेन्ट र वन्डरल्याण्ड वाटर एण्ड फन पार्कका तर्फबाट प्रबन्ध निर्देशक सिभान्शु यादवले हस्ताक्षर गरे।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले उक्त रेष्टुरेन्टमा खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा र वन्डरल्याण्ड वाटर एण्ड फन पार्कमा पार्क टिकट खरीदमा बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङमार्फत् भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
यस सुविधाले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
बैंकले ग्राहकहरूलाई डिजिटल बैंकिङ माध्यमतर्फ प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको बताएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij