२०८२ भाद्र २ गते सोमवार
आइएमई पे र निसर्ग अस्पतालबीच छुट सम्बन्धी सम्झौता भएको छ।
सम्झौता अनुसार निसर्ग अस्पतालमा आइएमई पेमार्फत भुक्तानी गर्ने ग्राहकले ५ देखि २५ प्रतिशतसम्म छुट पाउनेछन्। छुट सम्झौता एक वर्षसम्म कायम रहने छ।
सम्झौता पत्रमा निसर्ग अस्पतालका तीर्थराज पन्त र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij