Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

त्रिविले माग्यो ७ सय भन्दा बढी प्राध्यापक (सूचनासहित)

त्रिविले माग्यो ७ सय भन्दा बढी प्राध्यापक (सूचनासहित)


  • 11.3K
    Shares

    त्रिविले माग्यो ७ सय भन्दा बढी प्राध्यापक (सूचनासहित)

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सात सय भन्दा बढी प्राध्यापकका लागि विज्ञापन खुला गरेको छ ।

    त्रिवि सेवा आयोगको कार्यालयले खुला तथा आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि विभिन्न विषयका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा विज्ञापन खुलाएको हो ।

    आयोगले आइतबार एक सूचना प्रकाशित गर्दै खुला तर्फ प्राध्यापक पदमा १४ जना, सहप्राध्यापक पदमा २३ जना र उपप्राध्यापक पदमा ५२२ जना गरी ५ सय ५९ जनाको लागि दरखास्त माग गरेको हो।

    यसै गरी आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि प्राध्यापक ९२ जना र सहप्राध्यापक १०५ जना गरी एक सय ९७ जनाको माग गरिएको आयोगको सूचनामा उल्लेख गरिएको छ ।

    आयोगका अनुसार खुला र आन्तरिक प्रतियोगितका लागि योग्यता पुगेका नेपाली नागरिकहरूले चैत १४ गते राति १२ बजेसम्म अनलाइनमार्फत दरखास्त दिन सकिनेछ। आयोगले अन्य सूचनाहरू आयोगको वेबसाइटमार्फत हेर्न भनेको छ ।

    t.jpg

    tt.jpgttt.jpg

    tttt.jpg

    ttttt.jpg

    प्रकाशित मिति :फाल्गुण ९ २०७७ आइतवार - १६:५४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij