Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

प्रधानमन्त्री प्रचण्डले गराए भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी

प्रधानमन्त्री प्रचण्डले गराए भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी


  • 2.0K
    Shares

    प्रधानमन्त्री प्रचण्डले गराए भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजदेखि हुने आफ्नो भारत भ्रमणका विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन्। 

    राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री प्रचण्डले आज बिहान शीतल निवास पुगेर आफ्नो भारत भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन्। 

    ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यूले आजदेखि हुने आफ्नो भारत भ्रमणबारे जानकारी गराउनुभएको छ’, प्रेस सल्लाहकार पोखरेलले भने।  

    राष्ट्रपतिलाई भेट्न गएको टोलीमा परराष्ट्र सचिव भरतराज पौडेल पनि थिए। चार दिन भारत भ्रमणका लागि प्रधानमन्त्री आज दिउँसो नयाँदिल्ली प्रस्थान गर्दै छन्। 

    प्रकाशित मिति :जेठ १७ २०८० बुधवार - १०:०७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij