Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ट्रयाक्टर दुर्घटना हुँदा सिन्धुलीमा एक बालकको मृत्यु

ट्रयाक्टर दुर्घटना हुँदा सिन्धुलीमा एक बालकको मृत्यु


  • 2.1K
    Shares

    ट्रयाक्टर दुर्घटना हुँदा सिन्धुलीमा एक बालकको मृत्यु

    सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नंको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार कमलामाई नगरपालिका–२ का १४ वर्षीय लक्ष्मण विकको दुर्घटनामा मृत्यु भएको हो । उनी ट्रयाक्टरका सहचालक थिए । 

    मृतकको शव परीक्षणका लागि सिन्धुली अस्पताल लगिएको छ । दुघृट्नाबारे कारणबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :जेठ १७ २०८० बुधवार - ०९:५२:०० बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij