२०८२ माघ १४ गते बुधवार
हेटौंडा। आज बागमती प्रदेशसभा बैठक बस्दैछ ।
प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम माथि छलफल गर्नका बैठक बोलाइएको हो । बैठक अपराह्न १ बजे बस्नेछ ।
प्रदेश सभा सचिवालयका अनुसार आजको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि प्रदेश सांसदहरूले धारणा र संशोधन प्रस्तावमाथि छलफल सुरु गर्नेछन् ।
प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि संशोधन हाल्नका लागि मंगलवारसम्म समय दिइएको थियो । मंगलवारसम्म आएका संशोधन प्रस्तावमाथि पनि आजबाट छलफल सुरु हुन लागेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij