२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । ‘आइएमई पे’ र अरोगिन हेल्थ केयरबिच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार, अब अरोगीन हेल्थ केयरमा आइएमई पे मार्फत भुक्त्तानी गर्दा ४५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने छ।
सम्झौता पत्रमा अरोगीन हेल्थ केयरको तर्फबाट जानुका बिष्ट र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट माधव कटुवालले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अन्तर्गत अरोगीन हेल्थ केयरको विभिन्न सेवा सुबिधा प्रयोग गरी आइएमई पे मार्फत भुक्त्तानी गर्दा सुबिधा बमोजिम ५५ देखि ४५ प्रतिशतसम्म छुट प्रदान गरिने छ। सो छुट सीमित सेवालाई मात्र लागु कम्पनीले जनाएको छ ।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। ‘आइएमई पे’ आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij