Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

प्रधानमन्त्रीले भारतको नक्सा बारे गल्ती सच्याऊ भन्न सक्नुपर्छ: ओली

प्रधानमन्त्रीले भारतको नक्सा बारे गल्ती सच्याऊ भन्न सक्नुपर्छ: ओली


  • 2.3K
    Shares

    प्रधानमन्त्रीले  भारतको नक्सा बारे गल्ती सच्याऊ भन्न सक्नुपर्छ: ओली

    काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्साको बारेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुरा गर्नु पर्ने बताएका छन् ।

    भारतको नयाँ संसद भवनमा काठमा कुँदिएको भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु रहेको भन्ने कुरा सुनिएको भन्दै उनले यदि त्यस्तो हो भने उचित नहुने बताएका हुन् ।

    एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा उक्त नक्साको विषयमा छलफल हुनुपर्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीजी भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस् । त्यो गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग कुरा गर्नु पर्छ । यति कुरा गर्न सक्नु हुन्न भने अनि भारत भ्रमणमा किन जाने ?’

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १७ जेठमा भारत भ्रमणमा जाँदै छन् ।

    प्रकाशित मिति :जेठ १६ २०८० मंगलवार - १६:०६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij