Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

पूर्वाधार समितिको आन्तरिक कार्यविधि बनाउन ८ सदस्यीय उपसमिति गठन

पूर्वाधार समितिको आन्तरिक कार्यविधि बनाउन ८ सदस्यीय उपसमिति गठन


  • 2.0K
    Shares

    पूर्वाधार समितिको आन्तरिक कार्यविधि बनाउन ८ सदस्यीय उपसमिति गठन

    काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार समितिको आन्तरिक कार्यविधि बनाउन ८ सदस्यीय समिति गठन गरिएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा ज्येष्ठ सदस्य लालवीर चौधरीको अध्यक्ष रहने गरी प्रदीप पौडेल, ठाकुर गैह्रे, माधव सापकोटा, निशा डाँगी, बिना लामा, सिके राउत र सुशीला श्रेष्ठ सदस्य रहेका छन् । 

    कार्यविधि मस्यौदा तयार गर्न उपसमितिलाई ७ दिनको समय दिइएको छ । समितिको बैठकमा एमाले सांसद गोकर्ण विष्टले आन्तरिक कार्यविधि विस्तृत छलफल गरेर बनाउन जोड गर्दै उपसमिति बनाउन आग्रह गरेपछि उपसमिति बनाइएको हो । जबकि अन्य संसदीय समितिहरूले एक दिनमा पनि आन्तरिक कार्यविधि पारित गरेका छन् ।

    प्रकाशित मिति :जेठ १६ २०८० मंगलवार - १२:४२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij