Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा तीन आरोपितको बयान सुरु

नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा तीन आरोपितको बयान सुरु


  • 2.3K
    Shares

    नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा तीन आरोपितको बयान सुरु
    images

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन आरोपितको बयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा आरोपितहरु सन्देश शर्मा, इन्द्रजित राई र नरेन्द्र केसीको बयान सुरु भएको हो ।

    न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा उनीहरुको बयान लिन सुरु गरिएको छ । यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टंककुमार गुरुङको बयान लिइएको थियो ।

    मंगलबार अदालतमा शर्मा, राई र केसीको बयान लिने क्रम सुरु भएको छ । यी तीन जनामध्ये राईको बयान आइतबार नै लिने प्रक्रिया अघि बढाइएको थियो । तर विभिन्न कारण देखाउँदै राईले आइतबार बयान दिन अस्वीकार गरेपछि उनलाई आज बयानका लागि लगिएको हो ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा जेठ १२ गतेदेखि काठमाडौं जिल्ला अदालतमा आरोपितहरुको बयान लिन थालिएको हो । ३० जना प्रतिवादी रहेको यो प्रकरणमा १७ जना पक्राउ परेका छन् भने १३ जना फरार छन् ।

    प्रकाशित मिति :जेठ १६ २०८० मंगलवार - ११:०१:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij