Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

भारतको जम्मु नजिकको पुलबाट बस खस्दा १० जनाको मृत्यु, ५५ घाइते

भारतको जम्मु नजिकको पुलबाट बस खस्दा १० जनाको मृत्यु, ५५ घाइते


  • 3.3K
    Shares

    भारतको जम्मु नजिकको पुलबाट बस खस्दा १० जनाको मृत्यु, ५५ घाइते

    काठमाडौँ । भारतको जम्मु श्रीनगर राजमार्गअन्तर्गत जम्मुको कटराबाट १५ किलोमिटर टाढा झज्जर कोटली नजिकको पुलबाट खसेर बस दुर्घटना भएको छ।

    मंगलबार बिहान भएको उक्त दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने करिब ५५ जना घाइते भएको द टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।

    सञ्चारमाध्ययमका अनुसार यतिबेला स्थानीय बासिन्दा, सीआरपीएफ र एसडीआरएफले घटनास्थलमा मानिसहरूको उद्धार गरेको छ।

    बस अमृतसरबाट वैष्णोदेवी जाँदै थियो। जसमा ७५ यात्रु सवार थिए। सबै यात्रु बिहारका हुन्।

    दुर्घटनामा भएका घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्य छ। गम्भीर घाइतेलाई जिएमसी जम्मुमा भर्ना गरिएको छ। अन्य घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ। ऐजेन्सी

     

     

    प्रकाशित मिति :जेठ १६ २०८० मंगलवार - १०:०८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij