Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

सांसद विकास कोषप्रति बालेनको व्यंग्य: सांसदहरू बल्ल वडाध्यक्षको लेबलमा आउनुभयो

सांसद विकास कोषप्रति बालेनको व्यंग्य: सांसदहरू बल्ल वडाध्यक्षको लेबलमा आउनुभयो


  • 2.3K
    Shares

    सांसद विकास कोषप्रति बालेनको व्यंग्य: सांसदहरू बल्ल वडाध्यक्षको लेबलमा आउनुभयो

    सरकारले सांसद विकास कोषका लागि बजेट विनियोजन गरेपछि काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले सांसदहरु वडाध्यक्षको स्तरमा झरेको टिप्पणी गरेका छन्। 

    अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा ‘निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका विकास निर्माणका स्थानीय आवश्यकताहरू जनप्रतिनिधिसमार्फत सम्बोधन गर्न प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड विनियोजन गर्नेगरी संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ प्रस्ताव गरेका छन्। जसअन्तर्गत न्यूनतम १ करोडको आयोजना बनाउनुपर्ने छ। त्यस्ता आयोजनामा सडक, सिँचाइ, खानेपानी, शिक्षा,  खेलकुदलगायतका आयोजना हुनुपर्ने व्यवस्था गरिएको छ।

    सरकारले दुई वर्षअघि खारेज गरेको ‘सांसद विकास कोष’को नामले परिचित पूर्वाधार विकास साझेदार कार्यक्रम ब्युँताएको हो। यसैकारण महानगर प्रमुख शाहले १ सय ६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदलाई वडाध्यक्षको स्तरमा आएको टिप्पणी गरेका हुन्। 

    उनले नीति निर्माणका लागि प्रतिनिधि सभा सदस्यमा चुनिएका उनीहरुलाई वडाध्यक्षको काम गर्न मन भए किन सांसद बनेको भन्दै प्रश्नसमेत गरेका छन्। 

    ‘सांसद विकास कोष पाउनु भएसि बल्ल सांसदहरु वडाअध्यक्षको लेबलमा आउनुभयो,’ शाहले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘वडाअध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीयज्यूहरू?’

     

    प्रकाशित मिति :जेठ १६ २०८० मंगलवार - ०९:२७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij