Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

ढाकाकुमारविरुद्ध मुकुल ढकालले हाले मुद्दा

ढाकाकुमारविरुद्ध मुकुल ढकालले हाले मुद्दा


  • 3.5K
    Shares

    ढाकाकुमारविरुद्ध मुकुल ढकालले हाले मुद्दा

    राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले आफ्नो पार्टीबाट निलम्बित पूर्वसांसद ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानिको मुद्दा हालेका छन्। 

    श्रेष्ठले आफूलाई समानुपातिक सांसद बनाउन रास्वपाका महामन्त्री ढकाल र उपसभापति डोलप्रसाद अर्यालले २ करोड ८४ लाख रुपैयाँ लिएको आरोप लगाएका थिए। यसले आफ्नो चरित्र हत्या भएको भन्दै ढकालले श्रेष्ठविरुद्ध मानहानिको मुद्दा हालेका हुन्। उनले आफूले पैसा लिएको आरोप लगाइएको समाचार सार्वजनिक हुनासाथ मानहानिको मुद्दा हाल्ने बताएका थिए। 

    ढकालले मुद्दा दर्ताको तारिख–पर्चा सार्वजनिक गर्र्दै सामाजिक सञ्जालमा  ‘आफूलाई भएको अन्यायविरुद्ध कानुनी उपचार प्रयास गरेको छु।’

    tarikh_YX6kxSrzdS.jpg

    प्रकाशित मिति :जेठ १६ २०८० मंगलवार - ०४:५०:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij