Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज सार्वजनिक बिदामा पनि कृषि विकास बैंकले यी शाखाबाट सेवा दिने

आज सार्वजनिक बिदामा पनि कृषि विकास बैंकले यी शाखाबाट सेवा दिने


  • 2.3K
    Shares

    आज सार्वजनिक बिदामा पनि कृषि विकास बैंकले यी शाखाबाट सेवा दिने

    काठमाडौँ । आज गणतन्त्र दिवस सार्वजनिक बिदा ! कृषि विकास बैंकले आज सार्वजनिक बिदाको दिनमा पनि केहि शाखा कार्यालयहरुबाट सेवा दिने भएको छ । 

    बैंकले आफ्ना सेवाग्राहीहरुको सेवालाई ध्यानमा राखी विभिन्न शाखा कार्यालयबाट सेवा प्रदान गर्ने जनाएको हो ।

    बैंकले काठमाडौं रामशाहपथमा रहेको मूख्य कार्यालय, विराटनगरको प्रदेश कार्यालय अन्तर्गतको विराटनगर, इटहरी, धरान, गाईघाट र बिर्तामोड र जनकपुरस्थित मधेश प्रदेश कार्यालयको शिवचोक, बर्दिवास र लाहानको शाखा कार्यालयबाट सेवा दिने जनाएको छ ।

    यसैगरी, बैंकले बिरंगजको कलैया, बैकिंग विरगंज, गौर, मलगंवा तथा विरेन्द्रनगरको कान्तिराजपथ हेटौंडा, नारायणगढ र काठमाडौंको चाबाहिल, सल्लाघारी, मंगलबजार र बनेपा शाखा कार्यालयबाट पनि सेवा प्रदान गर्ने बताएको छ ।

    त्यस्तै, बैंकले गण्डकी प्रदेश कार्यालय अन्तर्गत मूख्य शाखा पोखरा, स्यांगजा, दमौली र वाग्लुङ तथा लुम्बिनी प्रदेश कार्यालयको बुटवल, रामपुर र भैरहवा शाखा खुल्ने भएको छ । दांगमा त्रिभुवनचोक, गुलरिया र घोराही बैकिंग तथा सुर्खेत र जुम्ला पनि संचालन गरिने भएको छ । यस्तै, धनगढीको क्याम्पसरोड, महेन्द्रनगर, डडलेधुरा र सिलगढी शाखाबाट सेवा दिने जनाएको छ

     

    प्रकाशित मिति :जेठ १५ २०८० सोमवार - १६:०९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij