२०८२ भाद्र २५ गते बुधवार
काठमाडौँ । नेपाली लोकप्रिय टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानकी टिकटकर अलिजेह जमाली प्राय लाइभमा एकअर्कासँग जोडिएका हुन्छन् । लाखौंको संख्याले उनीहरुको लाईभ हेर्ने गर्छन् ।
हाल दुबईमा बस्दै आएकी अलिजेह आयुषको निमन्त्रणामा आइतबार नेपाल आइपुगेकी छन् । अलिजेहलाइ नेपालमा स्वागतमा गर्न आयुष सुरक्षा गार्डसहित एयरपोर्ट पुगेका थिए ।
आइतबार साझ दुवैजना एकसाथ लाइभमा जोडिएका थिए । यसक्रममा उनीहरुलाई हेर्नेको संख्या २ लाख माथी पुगेको थियो । टिकटक लाइभमा यो संख्या अत्यधिक हो ।
अलिजेहले नेपाल बसाईका क्रममा म्यूजिक भिडिओमा अभिनय गर्ने आयुषले लाइभमार्फत बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij