२०८२ माघ १४ गते बुधवार
राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसदमा निर्वाचित बिन्दबासिनी कंसाकारले शपथ लिँदैछिन्।
उनले सोमबार दिउँसो ३ बजे सिंहदरबारस्थित कानुन समितिको हलमा सांसद पदको शपथ लिन लागेकी हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको आदिवासी जनजाति कोटाबाट सांसद पदमा निर्वाचित कंसाकारलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ दिलाउन लागेका हुन्।
दुर्गा प्रसाईसँग २ करोड मागेको अडिओ सार्वजनिक भएसँगै रास्वपाले तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठलाई पदबाट हटाएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij