Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

प्रत्यक्ष वैदेशिक लगानी ९२.८ प्रतिशतले कमी

प्रत्यक्ष वैदेशिक लगानी ९२.८ प्रतिशतले कमी


  • 2.1K
    Shares

    प्रत्यक्ष वैदेशिक लगानी ९२.८ प्रतिशतले कमी
    images

    काठमाडौँ । चालु आर्थिक वर्षमा प्रत्यक्ष वैदेशिक लगानीमा गिरावट आएको छ । आइतबार सार्वजनिक आर्थिक सर्वेक्षण २०७९/८० को फागुनसम्मको तथ्याङ्कअनुसार गत वर्षको समीक्षा अवधिको तुलनामा मुलुकभित्र भित्रिने खुद प्रत्यक्ष वैदेशिक लगानी ९२.८ प्रतिशतले घटेर एक अर्ब १७ करोडमा सीमित भएको छ ।

    गत आवको फागुनसम्म मुलुकमा १६ अर्ब ३० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । घट्दो लगानी र लगानीको बढ्दो दायित्वका कारण सरकारी कोष थप दबाबमा पर्ने जोखिमको संकेत आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

    गत २०७८ असार मसान्तसम्म २ खर्ब २७ अर्ब ९५ करोड रहेको प्रत्यक्ष वैदेशिक लगानीको दायित्व २०७९ असारमा २ खर्ब ४६ अर्ब ५१ करोड कायम भएको विवरणमा उल्लेख छ ।

     

    प्रकाशित मिति :जेठ १५ २०८० सोमवार - १२:५३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij