Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु

मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु


  • 2.2K
    Shares

    मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु

    मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका-१४ बाममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    आइतबार राति सदरमुकाम गमगढी बजारबाट खानेपानीको पाइप बोकेर बाम जाने क्रममा बामको फलात नजिकै लु ४ प ७३६८ नम्बरको ट्याक्टर सडकबाट ५० मिनेट तल खसेको थियो ।

    मृत्यु हुनेमा ३० वर्षका चालक काशिलाल बढुवाल र २० वर्षका सहचालक शिव बढुवाल रहेका प्रहरीले जनाएको छ । घटनाबारे आज बिहान मात्र थाहा भएको वडा नं -१४ का वडा अध्यक्ष जुन बहादुर खड्काले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक महेश बस्नेतका अनुसार १४ नम्बर वडाका अध्यक्षमार्फत घटनाका बारेमा जानकारी भएको र त्यसतर्फ अस्थायी प्रहरी चौकी बाम र जिल्लाबाट प्रहरी घटनास्थलतर्फ गएको छ । प्रहरी पुगिसकेपछि थप अनुसन्धानमार्फत जानकारी हुने प्रनाउ बस्नेतले बताए ।

    प्रकाशित मिति :जेठ १५ २०८० सोमवार - १०:५८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij