२०८२ माघ १४ गते बुधवार
काठमाडौँ । विवेकशील साझा पार्टीले ११ विभाग प्रमुख तोकेको छ । बखुन्डोलमा आइतबार बसेको केन्द्रीय समिति बैठकले ११ विभाग प्रमुख तोकेको हो।
सङ्गठन विभाग प्रमुखमा महासचिव रञ्जु दर्शना, प्रशिक्षण विभाग प्रमुखमा उपाध्यक्ष प्रकाशचन्द्र परियार, नीति तथा कार्यक्रम विभाग प्रमुखमा उपाध्यक्ष मिलन पाण्डेलाई जिम्मेवारी दिइएको पार्टीले जनाएको छ।
त्यस्तै सदस्यता व्यवस्थापन विभाग प्रमुखमा उपाध्यक्ष बिमला अधिकारी घिमिरे, तथ्याङ्क तथा अनुसन्धान विभाग प्रमुखमा सचिव विमल तामाङ, सूचना प्रविधि तथा सञ्चार विभाग प्रमुखमा केन्द्रीय सदस्य सूर्य दीप रेग्मी, केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुखमा केन्द्रीय सदस्य नवराज थापा, वातावरण तथा सम्पदा विभाग प्रमुखमा केन्द्रीय सदस्य सुरज प्रधान, उद्यमशीलता तथा रोजगार विभाग प्रमुखमा केन्द्रीय सदस्य शिशिर बन्जारा, अर्थ विभाग प्रमुखमा केन्द्रीय सदस्य निरञ्जन चापागाईँ र कृषि तथा सहकारी विभाग प्रमुखमा केन्द्रीय सदस्य धनेज थापालाई जिम्मेवारी दिइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij