Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

दुई किलो चाँदीका गहनासहित एक महिला पक्राउ

दुई किलो चाँदीका गहनासहित एक महिला पक्राउ


  • 2.5K
    Shares

    दुई किलो चाँदीका गहनासहित एक महिला पक्राउ

    वीरगञ्ज । दुई किलो चाँदीका विभिन्न गरगहनासहित एक महिला पक्राउ परेकी छन् । वीरगन्ज महानगरपालिका-४ बस्ने ५० वर्षीया उमा देवी पक्राउ परेकी हुन्।

    वीरगन्ज -१६ स्थित रजत जयन्ती चोकमा प्रहरीले शंकास्पद रूपमा भारतको रक्सौलबाट आउँदै गरेकी उमालाइ चेकजाँच गरेको थियो।

    चेकजाँचको क्रममा उनले बोकेको झोलाबाट प्रहरीले चाँदीबाट बनेको पाउजु-३९ जोर, औँठी-९५ पिस गरी दुई किलो सय ग्राम बरामद गरेको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरिले जानकारी दिए।

    बरामद चाँदीको गहनासहित उमा देवीलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको डिएसपी गिरिले बताए।

     

    प्रकाशित मिति :जेठ १५ २०८० सोमवार - १०:०२:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij