Logo

२०८२ कार्तिक ९ गते आइतवार

२०८२ कार्तिक ९ गते आइतवार

भारत सरकारले नेपाललाई तीन लाख टन गहुँ दिने

भारत सरकारले नेपाललाई तीन लाख टन गहुँ दिने


  • 1.6K
    Shares

    भारत सरकारले नेपाललाई तीन लाख टन गहुँ दिने
    images

    भारत सरकारले नेपालाई तीन लाख मेट्रिक टन गहुँ दिने भएको छ। नेपाल सरकारले माग गरेकाले भारतीय सरकारले नेपाललाई सो परिमाणको गहुँ दिने भएको हो। 

    भारतीय सञ्चार लाइभमिन्टले यो वर्ष नेपाल, इन्डोनेसिया, सेनेगल र गाम्भियालाई गरी कुल करिब १० लाख ५० हजार मेट्रिक टन खाद्यान्न (गहुँ र कनिका) निर्यात गर्न दिने संभावना भएको उल्लेख गरेको छ। 

    लाइमिन्टकाअनुसार इन्डोनेसीया, सेनेगल र गाम्भियालाई कनिका निर्यात गर्न दिने भएको हो। भारत सरकारले खाद्यान्न उत्पादनमा कमी आएको बताउँदै एक वर्ष अघिदेखि नै निर्यातमा रोक लगाएको थियो।  

    गहुँ निर्यातमा भारतले प्रतिबन्ध लगाउँदा नेपाली उद्योग डुब्ने बताउँदै यहाँका उद्योगी व्यवसायीले सरकारलाई गहुँ माग गरिदिन अनुरोध गरेका थिए। 

    सोहीअुनसार नेपाल सरकारले भारत सरकारसँग गत वर्ष पनि ५० हजार मेट्रिक टन गहुँ माग गरेको थियो। यो वर्षका लागि पनि नेपालले भारत सरकारसँग केही महिनाअघि नै तीन लाख टन गहुँ दिन माग गरेको थियो।

    प्रकाशित मिति :जेठ १४ २०८० आइतवार - १३:३८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij