Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ऊर्जादेखि सीमा समस्यासम्बन्धी कस्तो हुँदैछ सम्झौता ?

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ऊर्जादेखि सीमा समस्यासम्बन्धी कस्तो हुँदैछ सम्झौता ?


  • 2.1K
    Shares

    प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ऊर्जादेखि सीमा समस्यासम्बन्धी कस्तो हुँदैछ सम्झौता  ?

    काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको अन्तिम तयारीमा रहेको बताएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा को-को जाने भन्ने अहिलेसम्म नटुंगिएको जानकारी दिइन् ।

    उनले भनिन्, ‘विषयहरू मन्त्रालयहरूले तयारी गररहेका छन् । अन्तिम चरणमा पुगिसकेको छ । ऊर्जासँगै सीमा समस्याको कुरा पनि छन् । ती विषयमा छलफल भइरहेका छन् औपचारिक निर्णय भइसकेको छैन ।’ उनले भोलिको क्याबिनेटले एजेण्डाको अन्तिम टुंगो लगाउने बताइन् । 

    शर्माले भनिन्, ‘जुनजुन क्षेत्रसँग सम्झौता हुन्छ त्यो क्षेत्रका मन्त्री वा सचिव जानुहुन्छ । यो प्रतिनिधि मण्डललाई ठुलो नबनाउने भन्नेछ । आवश्यक पर्नेहरू मात्रै जानुहुन्छ ।’

    प्रकाशित मिति :जेठ १४ २०८० आइतवार - १०:४९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij