Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

कोशी प्रदेश सभा क्षेत्रमा कडा सुरक्षा, पक्राउ पर्नेको सङ्ख्या ३० पुग्यो

कोशी प्रदेश सभा क्षेत्रमा कडा सुरक्षा, पक्राउ पर्नेको सङ्ख्या ३० पुग्यो


  • 2.0K
    Shares

    कोशी प्रदेश सभा क्षेत्रमा कडा सुरक्षा, पक्राउ पर्नेको सङ्ख्या ३० पुग्यो

    विराटनगर । कोशी नामकरण खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष जीवन हताजु राई पनि पक्राउ परेका छन् । मोरङ प्रहरीले उनलाई विराटनगरको देवकोटा चौकमा रहेको एक होटेलमा चिया खाएर बाहिर निस्किएपछि उनलाई पक्राउ गरेको हो ।

    राई पक्राउ परेसँगे पक्राउ पर्नेको सङ्ख्या ३० पुगेको छ । कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि यसअघि बिहान आन्दोलनमा उत्रिएका एलभी फोर्सका १३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष थाङसाङ लावती, उपमहासचिव दिपा आङ्दाङ्वालगायत छन् । १२÷ १५ जना एलभी लेखिएको हेलमेट लगाएको समूहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    गत पुस १७ गते प्रदेशको नामकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दैछ ।

    उता, पहिचानवादीहरूले पनि प्रदेशसभाको बजेट अधिवेशनलाई लक्षित गर्दै आन्दोलनको घोषणा गरेका छन् । शुक्रबार विराटनगरमा युवा दस्ता निर्माणको घोषणा गरेका पहिचानवादीहरूले कोशी नाम खारेजको माग गर्दै शनिबार महेन्द्र चोकमा प्रदर्शन गरेका थिए । आज उनीहरुले वृहत् र फरक तरिकाले आन्दोलन गर्ने जनाएका छन् ।

    सो आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अगाडी र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ भने प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउने जनाएको छ ।

     

    प्रकाशित मिति :जेठ १४ २०८० आइतवार - ०९:५४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij