Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

२४ घण्टामा पाँच जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा पाँच जनामा कोरोना संक्रमण पुष्टि


  • 2.9K
    Shares

    २४ घण्टामा पाँच  जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४१२ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा पाँचजनाको नतिजा पोजिटिभ आएको हो ।

    यो अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार ३१ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर चारजना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ९१ हजार २५९ पुगेको छ ।

    हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

     

    प्रकाशित मिति :जेठ १३ २०८० शनिवार - १५:०२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij