Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

एमालेको अवरोधपछि स्थगित संसद बैठक फेरी बस्दै

एमालेको अवरोधपछि स्थगित संसद बैठक फेरी बस्दै


  • 2.2K
    Shares

    एमालेको अवरोधपछि स्थगित संसद बैठक फेरी बस्दै

    काठमाडौँ । नेकपा एमालेले अवरोध गरेपछि दिउँसो पौने १ बजे २० मिनेटका लागि भनेर स्थगित भएको संसद केही बेरमा बस्ने भएको छ ।

    नेकपा माओवादीका सांसद राजन दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलहरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको थियो ।

    एमालेले दाहालको भनाइ संसद्को रेकर्डबाट हटाउनुपर्ने माग राखेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका थिए ।

    संसद बैठक स्थगित गरी सहमतिका लागि बसेको सर्वदलीय बैठक लम्बिएका कारण प्रतिनिधि सभाको बैठक ३ बजेका लागि सरेको हो ।

    प्रकाशित मिति :जेठ १२ २०८० शुक्रवार - १४:३३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij