Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न जनमोर्चाको माग

रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न जनमोर्चाको माग


  • 2.2K
    Shares

    रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न जनमोर्चाको माग

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिन सरकारले अघि बढाएको प्रक्रियाको आपत्ति जनाएको छ।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पार्टी विज्ञप्ति जारी गर्दै टिकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना भएको उल्लेख गरेका छन्।

    उनले भनेका छन्, ‘त्यो घटनाका मुख्य नाइकेलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आममाफी दिई कैद मिनाहा गराउन सरकारले अगाडि बढाएको प्रक्रिया आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदाबाजी मात्र हो।’

    टिकापुर हत्याकाण्डका नाइके वा संलग्नलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने भन्दै चौधरीलाई आममाफी दिनका लागि अगाडि बढाएको प्रक्रिया रोक्न सरकारसँग माग गरेका छन्।

    थरूहट थारूवानले कैलालीको टिकापुरमा गरेको आन्दोलनले हिंसात्मक रूप लिँदा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो। त्यसको प्रमुख योजनाकारको रूपमा चौधरी अदालतले तोकेको जन्मकैदको सजाय सुनाएको थियो। तर, सरकारले गणतन्त्र दिवसको अवसरमा छाड्ने तयारी गरेपछि सरकारलाई समर्थन गरेको जनमोर्चाले विरोध जनाएको हो।

     

    प्रकाशित मिति :जेठ १२ २०८० शुक्रवार - ११:२७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij