Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

आजको पहिलो बयान मुख्य अभियुक्त केशव दुलालको लिने तयारी

आजको पहिलो बयान मुख्य अभियुक्त केशव दुलालको लिने तयारी


  • 2.7K
    Shares

    आजको पहिलो बयान मुख्य अभियुक्त केशव दुलालको लिने तयारी

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबारबाट काठमाडौं जिल्ला अदालतमा बयान सुरु हुन लागेको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीहरुको बयान सुरु हुन लागेको हो ।  काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार पहिलो बयान मुख्य अभियुक्त केशवप्रसाद दुलालबाट सुरु गर्न लागिएको छ । सरकारी वकिल कार्यालयले दर्ता गरेको क्रमानुसार नै प्रतिवादीहरुको बयान लिन लागिएको र पहिलो प्रतिवादीका रुपमा केशव प्रसाद दुलालको नाम समावेश भएको कारण पहिलो बयान दुलालकै लिन लागिएको हो । 

    बुधबार काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको २२४ पृष्ठ लामो अभियोगपत्रमा ३० जनालाई प्रतिवादी बनाउँदा केशवप्रसाद दुलालको नाम पहिलो प्रतिवादीका रुपमा रहेको छ ।  त्यसैगरी दोस्रो प्रतिवादीका रुपमा दोस्रो नम्बरमा सानु भण्डारी, तेस्रोमा सागर राई र चौथोमा सन्देश शर्मालाई प्रतिवादी बनाइएको छ ।

    तत्कालीन गृहमन्त्री राम बहादुर थापा बादलका सुरक्षा सल्लाहकारलाई ६ नम्बरमा प्रतिवादी बनाइएको छ भने टोप बहादुर रायमाझीलाई ७ नम्बर, निलम्बिव पूर्व गृहसचिव टेक नारायण पाण्डेलाई ९ नम्बर र पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई १३ नम्बरमा राखेर प्रतिवादी बनाइएको छ ।

    प्रकाशित मिति :जेठ १२ २०८० शुक्रवार - १०:५७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij