Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

शरणार्थी प्रकरणमा बहस गर्न कम्तीमा ५ जना सरकारी वकिल उतार्ने तयारी

शरणार्थी प्रकरणमा बहस गर्न कम्तीमा ५ जना सरकारी वकिल उतार्ने तयारी


  • 1.7K
    Shares

    शरणार्थी प्रकरणमा बहस गर्न कम्तीमा ५ जना सरकारी वकिल उतार्ने तयारी
    images

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीको बयान शुक्रबारदेखि अदालतमा सुरू हुँदैछ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले बुधबार अपरान्ह अभियोग पत्र दर्ता गरेको थियो ।

    बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा परेका कारण प्रतिवादीको बयान भोलिदेखि लिन लागिएको हो । सबै १६ जना प्रतिवादीको बयान सकिएपछि थुनछेक बहस सुरू हुनेछ । बयानकै लागि कम्तीमा ३र४ दिन लाग्ने अनुमान गरिएको छ । यो मुद्दामा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले कम्तीमा ५ जना सरकारी वकिल उतार्ने तयारी गरिरहेको छ ।

    ‘ठुलो मुद्दा भएका कारण ५ देखि ८ जना सरकारी वकिल बहसमा सहभागी गराउने हाम्रो तयारी छ’, सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले भने, ‘पीडितले निजी कानून व्यवसायीलाई पनि बहसमा उतार्ने सुनिरहेको छु । त्यसैले वादी पक्षबाट बहस गर्ने कानून व्यवसायीको संख्या अहिले नै यकिन गर्न सकिने अवस्था छैन ।’

    काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले पक्राउ परेका १६ सहित ३० जनाविरुद्ध विभिन्न ५ वटा कसुरमा मुद्दा दायर गरेको थियो । यो प्रकरणमा सचिव, सांसद, पूर्व गृहमन्त्रीजस्ता ‘हाइ प्रोफायल’ प्रतिवादी भएका कारण एकै प्रतिवादीले धेरैजना कानूनी व्यवसायीलाई बहसमा उतार्न सक्ने सम्भावना छ । बहस सुनिसकेपछि न्यायाधीशले साधारण तारेख, धरौटी माग्ने र कारागार चलान गर्नेमध्ये एउटा आदेश गर्नेछन् ।

    भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर २८ करोडभन्दा बढी ठगिएको भन्दै १ सय १५ जना पीडितहरूले उजुरी दिएका थिए । अझै सयौं पीडित सम्पर्कमा नआएको र केही प्रतिवादीहरूको पुरा विवरण नखुलेको भन्दै यो प्रकरणमा फेरि अनुसन्धान गर्ने बाटो प्रहरीले बाँकी नै राखेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते ३ जनालाई पक्राउ गरी यो घटनामा अनुसन्धान सुरू भएको थियो । उनीहरूलाई पक्राउ गरिएको ६० औँ दिनमा बुधबार अभियोग पत्र दर्ता भएको हो । अदालतमा अभियोग पत्र दर्ता भएपछि प्रतिवादीलाई थुनामा राख्न अब अदालतबाट म्याद लिइरहनु पर्दैन ।

     

    प्रकाशित मिति :जेठ ११ २०८० बिहिवार - १२:४९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij