Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

रौतहटमा ७५ वर्षीय वृद्धको हत्या

रौतहटमा ७५ वर्षीय वृद्धको हत्या


  • 2.1K
    Shares

    रौतहटमा ७५ वर्षीय वृद्धको हत्या

    रौतहट । रौतहट देवाही गोनाही नगरपालिका वडा नम्बर १ स्थित करूनिया गाउँका  ७५ वर्षीय शेख तैयबको हत्या भएको छ । उनको टाउकोमा गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन। 

    इलाका प्रहरी कार्यालय गोनाहिका प्रमुख इन्सपेक्टर गोबिन्द साहले भने मृतक शेख तैयवको टाउकोमा गम्भीर खत देखिएको बताए । उनको शव पोर्टमार्टका लागि पठाइएको र रिपोर्ट आएपछि गोली लागेको वा अन्य हतियार प्रयोग भएको भन्नेबारे खुल्ने जानकारी दिए । 

    देवाहि गोनाही १ करूनियाबाट लक्षमिनिय जाने बाटो छेउमा आज बिहान उनको शव फेला परेको इन्स्पेक्टर साहले बताए । तैयबको गए रातिनै कसैले हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। 

    आज बिहान स्थानीयले खबर गरेलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको साहले जानकारी दिए ।  मृतकको शव पोस्टमार्टमको लागी जिल्ला अस्पताल गौर पठाएको छ । 

     

    प्रकाशित मिति :जेठ ११ २०८० बिहिवार - १०:१५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij