Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

मधेश प्रदेश : नयाँ तीन मन्त्रीले लिए शपथ

मधेश प्रदेश : नयाँ तीन मन्त्रीले लिए शपथ


  • 2.4K
    Shares

    मधेश प्रदेश  : नयाँ तीन मन्त्रीले लिए शपथ

    जनकपुरधाम । मधेश मन्त्रिपरिषद् आज पुनः विस्तार गरिएको छ । नेपाली कांग्रेसका दुई र नेकपा एसका एक मन्त्रीले शपथ लिएका हुन् ।

    कांग्रेसको तर्फबाट संसदीय दलका नेता कृष्ण यादव भौतिक पूर्वाधार विकास मन्त्री, कांग्रेसकै वीरेन्द्रकुमार सिंह स्वास्थ्य मन्त्री र नेकपा एसको तर्फबाट संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका छन् ।

    भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनमत पार्टीका वसन्त कुशवाहले सम्हालेका थिए । तर, उनीबाट मन्त्रालय खोसेर नेकपा एसका न्यौपानेलाई दिइएको छ ।

    जनकपुरधामस्थित मधेश भवनमा नवनियुक्त तीनैजना मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथग्रहरण गराए । मन्त्री थपिएकै दिन माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ ।

    प्रकाशित मिति :जेठ ९ २०८० मंगलवार - १३:५६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij