Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

मन्त्रिपरिषद् विस्तार, थपिए जसपाबाट मन्त्री र राज्यमन्त्री

मन्त्रिपरिषद् विस्तार, थपिए जसपाबाट मन्त्री र राज्यमन्त्री


  • 2.2K
    Shares

    मन्त्रिपरिषद् विस्तार, थपिए  जसपाबाट मन्त्री र राज्यमन्त्री

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । 

    राष्ट्रपति कार्यालयका अनुसार वन तथा वातावरण मन्त्रीमा वीरेन्द्र प्रसाद महतो नियुक्त भएका छन् । यस्तै शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी नियुक्त भएकी छन् । 

    राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेर कार्यभार तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    1-मन्त्रिपरिषद्-गठन_विज्ञप्ति_-1489x2048.jpg

    प्रकाशित मिति :जेठ ९ २०८० मंगलवार - १२:४६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij