Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र उपाय सिटी कार्गोबीच सम्झौता, ड्राइभर पार्टनरलाई बैंकिङ्गसहित बीमा सुविधा प्रदान गर्ने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र उपाय सिटी कार्गोबीच सम्झौता, ड्राइभर पार्टनरलाई बैंकिङ्गसहित बीमा सुविधा प्रदान गर्ने


  • 2.3K
    Shares

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र उपाय सिटी कार्गोबीच सम्झौता, ड्राइभर पार्टनरलाई बैंकिङ्गसहित बीमा सुविधा प्रदान गर्ने

    काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र उपाय सिटी कार्गो प्रा.ली.बीच उपायमा आवद्ध ड्राइभर पार्टनरहरुलाई बैंकिङ्गसहित बीमा लगायतका सुविधा प्रदान गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    यस समझदारी बमोजिम उपायमा आवद्ध ड्राइभर पार्टनरहरुका लागी आधिकारीक बैंकको रुपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैक रहनेछ । बैंकले कर्पोरेट बेनिफिट सेभिङ एकाण्ट योजना अन्तर्गत ड्राइभर पार्टनरहरुलाई सहज भुक्तानीको सुविधा सहितको शून्य शेषी खाता ७ लाखसम्म दुर्घटना मृत्यु बीमा, १५ हजार सम्मको औषधि उपचार सुविधा र ३५ हजार सम्मको अस्पताल भर्ना उपचार सुविधा प्रदान गर्नेछ ।

    उक्त समझदारी अनुरुप नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकले उपायको सहकार्यमा ड्राइभर पार्टनरहरुलाई वित्तिय साक्षरता अभिवृद्धी, आधुनिक बैकिङ्ग सुविधाको प्रयोगमा सरलता लगाएतका अन्य विषयमा आवश्यक तालिम तथा अभिमुखिकरण गर्दै जानेछ ।

    प्रकाशित मिति :जेठ ८ २०८० सोमवार - १६:००:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij