२०८२ माघ १४ गते बुधवार
प्रतिनिधि सभा बैठकमा सांसदहरूको डिजिटल उपस्थिति (ई–हाजिरी) को तयारी अघि बढाइएको छ। सांसदहरूको उपस्थितिको रेकर्ड प्रभावकारी बनाउनका लागि संघीय संसद सचिवालयले (ई–हाजिरी) को तयारी अघि बढाएको हो।
जस अनुसार सांसदहरूको बायोमेट्रिक लिने काम पनि सुरु गरिएको सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए। उनका अनुसार बायोमेट्रिकको काम सकिनेबित्तिकै ई - हाजिरी सुरु हुनेछ।
सदहरुको ई–हाजिरी सुरु गर्नेबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि छलफल भएउको थियो। बैठकमा ई–हाजिरी सुरु गर्ने र सांसदहरुको उपस्थिति वेबसाइटमार्फत् सार्वजनिक गर्नेबारेमा छलफल भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij