Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

यी पाँच कसुरमा चलाइँदैछ टोपबहादुर र बालकृष्णसहित ३२ जनालाई मुद्दा

यी पाँच कसुरमा चलाइँदैछ टोपबहादुर र बालकृष्णसहित ३२ जनालाई मुद्दा


  • 2.6K
    Shares

    यी पाँच कसुरमा चलाइँदैछ टोपबहादुर र बालकृष्णसहित ३२ जनालाई मुद्दा
    images

    नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी आरोपमा समातिएका र अन्य फरारविरुद्ध प्रहरीले पाँचवटा कसुरमा मुद्दा चलाउने गरी फाइल अघि बढाएको छ।

    प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने क्रममा विभिन्न पाँच कसुरमा मुद्दा चलाउनु पर्ने निष्कर्ष निकालेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंले  पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित ३२ जनालाई प्रतिवादी बनाउँदै अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ। 

    अनुसन्धान प्रतिवेदनमा पक्राउ परेका १६ जना र फरार अन्य १६ जनाविरुद्ध ठगी, सम्पत्ति शुद्धिकरण, संगठित अपराध, राष्ट्रिय हितविपरीतको कसुरमा मुद्दा चलाउने निर्णय लिएको हो। त्यसैगरी रायमाझी, खाँण, टेकनारायण पाण्डे र इन्द्रजित राईसहित सार्वजनिक पद धारण गरेका व्यक्तिहरुलाई भ्रष्टाचार मुद्दा पनि चलाउने गरी प्रहरीले फाइल सरकारी वकिलकहाँ पेस गरेको हो । 

    प्रहरीले हाल हिरासतमा रहेका १६ जना र फरार सूचीका १६ जनालाई प्रतिवादी बनाएको छ। अब सरकारी वकिलले आगामी शुक्रबारसम्म यो मुद्दा जिल्ला अदालतमा पुर्‍याइसक्नु पर्नेछ।

    प्रकाशित मिति :जेठ ८ २०८० सोमवार - १३:२३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij