Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

चरित्र हत्या गर्न खोजिएको भन्दै नर्सहरू आन्दोलित, घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न संघको माग

चरित्र हत्या गर्न खोजिएको भन्दै नर्सहरू आन्दोलित, घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न संघको माग


  • 2.8K
    Shares

    • images
    चरित्र हत्या गर्न खोजिएको भन्दै नर्सहरू आन्दोलित, घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न संघको माग
    images

    काठमाडौं । सामाजिक सञ्जालमार्फत आफूहरूको चरित्र हत्या गर्न खोजिएको भन्दै नर्सहरू आन्दोलित भएका छन् । विभिन्न बहानामा चरित्र हत्या गर्न खोजिएको, दमन गर्न खोजिएको भन्दै उनीहरूले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरे ।

    गएको वैशाख २८ गते चितवनको बीपी कोइराला मेमोरियल अस्पतालको आकस्मिक केयर युनिटमा खिचिएको नर्स–बिरामीबीचको भिडियो टिकटकमा सार्वजनिक भएको थियो । सोही विषयमा उनीहरू विरोधमा उत्रिएका हुन् ।

    नर्सहरूले ‘कसैको चरित्र हत्या गर्न पाइँदैन’, ‘नर्सहरूमाथिको दमन आखिर कहिलेसम्म ?’,‘के नर्सहरूमाथि अत्याचार गर्न पाइन्छ ?’,‘नर्स क्षेत्रमा सुरक्षा प्रत्याभूति गरियोस्’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    सामाजिक सञ्जालमा नर्सहरूको चरित्र हत्या गर्ने भिडियो सार्वजनिक भएको र यसले पेसाकै बदनाम गर्न खोजिएको उनीहरूको गुनासो छ ।

    यसैबीच, नेपाल नर्सिङ संघले विज्ञप्ति निकालेर सो घटनाको भर्त्सना गरेको छ । डिउटीमा रहेको नर्स र बिरामीबीचको कुराकानीलाई बिनाअनुमति सामाजिक सञ्जालमा अपलोड गरिएको र त्यसमा आएका प्रतिक्रियाप्रति संघले आपत्ति जनाएको छ  ।

    घटनाको सत्यतथ्य नबुझी सतही रूपमा टिप्पणी गरिएको र त्यसले नर्सिङजस्तो संवेदनशील पेसामा आँच पुर्‍याएको संघको ठहर छ । घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न संघले माग गरेको छ ।

    प्रकाशित मिति :जेठ ८ २०८० सोमवार - १२:४६:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij