Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सरकारको लागि ३४ अर्ब २० करोड ऋण उठाउँदै राष्ट्र बैंक

सरकारको लागि ३४ अर्ब २० करोड ऋण उठाउँदै राष्ट्र बैंक


  • 2.0K
    Shares

    सरकारको लागि ३४ अर्ब २० करोड ऋण उठाउँदै राष्ट्र बैंक

    राष्ट्र बैंकले सोमबार ३४ अर्ब २० करोडको ट्रेजरी विल्स (ऋणपत्र) बिक्री गर्ने भएको छ। पहिले बिक्री भएर अवधि परिपक्व भएका ऋणपत्रहरू पनि पुनः नवीकरण गरिन लागिएको छ। ३२ अर्ब २० करोड रुपैयाँ बराबरका ऋणपत्र नवीकरण गरिने भएका हुन् भने दुई अर्बका नयाँ ऋणपत्र जारी हुनेछ।

    विभिन्न चार किसिमका ऋणपत्रहरू बिक्री गरिने भएको हो। १० अर्ब रूपैयाँ बराबरको २८ दिने अवधिका ऋणपत्र नवीकरण हुने भएको छ। 

    दुई अर्ब २३ करोडको ९१ दिने अवधिको ऋणपत्र नवीकरण हुने र दुई अर्ब बराबरको यही अवधिको ऋणपत्र नयाँ जारी हुने भएको छ।

    १२ अर्ब ४७ करोड रूपैयाँ बराबरको एक सय ८२ दिने अवधिको र सात अर्ब ५० करोड रूपैयाँको तीन सय ६४ दिने अवधिको ऋणपत्र नवीकरण गरिन लागेको हो। 

    गत जेठ १ गते पनि यस्तै विभिन्न अवधिको ऋणपत्र बिक्री गरिएको थियो। यिनमा औसत ब्याजदर ८।८ देखि ९।६५ प्रतिशतसम्म कायम भएको थियो। 

    ट्रेजरी विल्सको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिक सहभागी हुन सक्छन्।

    प्रकाशित मिति :जेठ ७ २०८० आइतवार - १५:१६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij