Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

बागमतीका नवनियुक्त मन्त्रीहरुले लिए सपथ

बागमतीका नवनियुक्त मन्त्रीहरुले लिए सपथ


  • 1.7K
    Shares

    बागमतीका नवनियुक्त मन्त्रीहरुले लिए सपथ

    हेटौँडा । बागमती प्रदेशमा दुई महिनाबाट रोकिएको सरकार विस्तार आज भएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले मन्त्रिपरिषद् विस्तार गरेसँगै नवनियुक्त ६ जना मन्त्रीहरुले आज सपथग्रहण गरेका हुन् ।

    बागमती प्रदेश प्रमुखको कार्यालयमा भएको समारोहबिच प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई सपथग्रहण गराएका हुन् ।

    नेपाली कांग्रेसबाट पुकार महर्जनलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, मसिना खड्कालाई वन तथा वातावरण, उत्तम जोशीलाई स्वास्थ्य मन्त्रालय र रामकृष्ण चित्रकारलाई विनाविभागीय मन्त्रीको रुपमा सपथग्रहण गरेका छन भने
    नेकपा एकीकृत समाजवादीबाट डाक्टर राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय र लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रीको रुपमा सपथग्रहण गरेका हुन् ।

    प्रकाशित मिति :जेठ ७ २०८० आइतवार - १४:४४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij