Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

लुम्बिनी बैंकले जेठ १६ गतेदेखि एक अर्ब बराबरको ऋणपत्र निष्काशन गर्ने

लुम्बिनी बैंकले जेठ १६ गतेदेखि एक अर्ब बराबरको ऋणपत्र निष्काशन गर्ने


  • 1.8K
    Shares

    • images
    लुम्बिनी बैंकले जेठ १६ गतेदेखि एक अर्ब बराबरको ऋणपत्र निष्काशन गर्ने
    images

    काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले जेठ १६ गतेदेखि १ अर्ब रूपैयाँ बराबरको १० वर्ष अवधिको ऋणपत्र निष्कासन गर्ने भएको छ । 

    बैंकले ११ प्रतिशत ब्याजदर रहेको १ हजार रूपैयाँ अंकित दरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले निष्कासन गर्न लागेको यो ऋणपत्र ‘११ ५ एलबिबिएल डिबेन्चर २०८९’ नामको रहेको छ । 

    नेपाल धितोपत्र बोर्डले बैंकलाई उक्त ऋणपत्र निष्कासनका लागि वैशाख १० गते अनुमति दिएको थियो । कुल कित्ता ऋणपत्रमध्ये ६ लाख कित्ता बैंकले व्यक्तिगत तबरबाट विभिन्न संगठित संघसंस्थाहरूलाई विक्री गर्नेछ भने ४ लाख कित्ता सर्वसाधारणमा ९सामूहिक लगानी कोषसमेतका लागि० वितरण गर्नेछ । बैंकले २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर ३ लाख ८० हजार कित्ता ऋणपत्र सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागेको हो । 

    यो ऋणपत्र खरीदका लागि आवेदन गर्ने अवधि जेठ १९ गतेसम्मका लागि तोकिएको छ । सो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा जेठ ३० गतेसम्मका लागि विक्री अवधि लम्बिनेछ । ऋणपत्र खरीदका लागि आवेदन दिँदा न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

    बैंकको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूणर् कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपसमेत आवेदनका लागि प्रयोग गर्न सकिने व्यवस्था छ ।

    बैंकले ऋणपत्र निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपाल लिमिटेडले मध्यम कर्जा जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्युअर डबल बी प्लस रेटिङ प्रदान गरेको छ । बैंकले ऋणपत्रबाट आर्जिन ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गर्ने जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :जेठ ७ २०८० आइतवार - १३:५७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij