२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । एरेञ्जर राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं बसन्त पार गरेको आवसरमा रेशराज प्रोडक्शन प्रा.लि.को आयोजनामा ‘संगीतसँग यात्रा’ कायर्मक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
यही शनिबार काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न उक्त कार्यक्रमको अवसरमा चलचित्र ‘उस्ताद जी’को टे«लर पनि सार्वजनिक गरियो ।
वरिष्ठ कलाकार तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष, निर्देशक, निर्माता तथा लेखक मोहन निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कला क्षेत्रका विभिन्न स्रष्टाहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित हुने कलाकारहरूमा वरिष्ठ गायिका ज्ञानु राणा, वरिष्ठ गायक लाक्पा शेर्पा, वरिष्ठ साउण्ड डिजाइनर दीप रत्न तुलाधर, राष्ट्रवादी नायक÷निर्माता तथा निर्देशक नवल खड्का, वरिष्ठ गीत तथा कथाकार मीन सागर लामा, वरिष्ठ संगीतकार आभाष फुयाँल, वरिष्ठ गायक, संगीत संयोजक तथा संगीतकार पवन वाङ लामा, वरिष्ठ वाद्यवादक भरत बुढाथोकी, वरिष्ठ गीतकार दुर्गा लामा, गायक पञ्चमान तामाङ (शैलाब वाईवा), गायक उत्सव सुब्बा लामा र गायक मरिचमान तामाङ साथै अन्य चर्चित कलाकारहरु रहनुभएको छ ।
‘चलचित्रका नायकहरू आउँछन्, एकदुई वर्षमै गायब हुन्छन् तर गीत संगीतका नायकहरू भने सदा जनतामा छाइरहन्छन् ।’ – कार्यक्रममा प्रमुख अतिथको आसनबाट बोल्दै मोहन निरौलाले भन्नुभयो– ‘त्यसैले गीत संगीतलाई महत्व र मान्यता दिन सकिएमा हाम्रो संगीतको स्तर बढ्दै जानेछ, जसले अन्ततः देशलाई नै फाइदा पुग्नेछ ।’
रेशराज प्रोडक्शन प्रा.लि.का अध्यक्ष गायक रेशम कुमार विश्वकर्माको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको मिडिया पार्टनरमा खबरसेण्टर, धादिङ अपडेट, जी.एस. ईण्टरटेण्टमेण्ट, स्याउली ईण्टरटेण्टमेण्ट, सु–समाचार खबर, नुवाकोट जागरण, पीटी अनलाईन, सन्देश पत्र रहेका छन् भने प्रिण्टिङ पार्टनरमा ‘मित्र प्रेस प्रा.लि.’ र साउण्ड पार्टनरमा ‘द साउण्ड गार्डेन’ (प्राक्टिस रुम) रहेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij