२०८२ माघ १४ गते बुधवार
काठमाडैँ । राष्ट्रिय सभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ स्वीकृत भएको छ।
राष्ट्रिय सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रस्तुत गरेको सो अध्यादेश सर्वसम्मतिबाट स्वीकृत भएको हो।
यस्तै, राष्ट्रिय सभाले सरकारले कोरोना महामारी नियन्त्रण गर्न ल्याएको ‘कोभिड-१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८’ संसदबाट फिर्ता लिएको छ।
बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भण्डारीले उक्त विधेयक फिर्ता लिने अनुमतिको प्रस्ताव पेस गरेका थिए। सो प्रस्ताव सभाको सर्वसम्मतिबाट स्वीकृत भएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij