Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

भ्रष्टाचार नियन्त्रणका लागि जितेन्द्र देवका चार उपाय

भ्रष्टाचार नियन्त्रणका लागि जितेन्द्र देवका चार उपाय


  • 2.1K
    Shares

    भ्रष्टाचार नियन्त्रणका लागि जितेन्द्र देवका चार उपाय

    काठमाडौं । राष्ट्रिय सभा सदस्य जितेन्द्र देवले भ्रष्टाचार नियन्त्रणका लागि चारवटा उपाय प्रस्तुत गरेका छन् । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उनले भ्रष्टाचार नियन्त्रणका लागि चारवटा उपाय पेस गरेका हुन् ।

    जसअनुसार पहिलो भ्रष्टाचारको नेक्सस् तोड्नुपर्ने बताए । यसमा केही राजनीतिज्ञ, केही उच्च कर्मचारी र विचौलियाबीचको नेक्सस् तोड्नुपर्ने उनको भनाइ छ । यसका लागि अनुसन्धान निकायले उनीहरुमाथि निरन्तर निगरानी राख्दै अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।

    दोस्रोमा लामो समय र बारम्बार एउटै व्यक्तिलाई शक्ति केन्द्रमा राख्न नहुने भ्रष्टाचार नियन्त्रणका चार उपाय प्रस्तुत गर्दै देवले भने । यसले भ्रष्टाचार नियन्त्रणमा जालो च्यात्न सकिने उनको बुझाइ छ । तेस्रोमा नेपाल प्रहरी तथा अपराध अनुसन्धान इकाइलाई दलीय प्रभाव पार्न नहुने उनले बताए ।

    एसियामै अनुन्धानमा अब्बल सावित भएको नेपाल प्रहरी र अन्य अपराध अनुसन्धान इकाइलाई दलीय प्रभाव पर्न दिन नहुने भन्दै उनले यसले पनि भ्रष्टाचार नियन्त्रणमा सफलता दिने दाबी गरे । भ्रष्टाचार नियन्त्रणका लागि अन्तिम तथा चौथौ उयायमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संरचना र नियुक्ति प्रक्रिया बदल्नुपर्ने बताए ।

     


      

    प्रकाशित मिति :जेठ ५ २०८० शुक्रवार - १३:३७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij