२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले बिगमार्ट, चितवनसँग सम्झौता गरी एउटा अफर सार्वजनिक गरेको छ । ‘ह्याप्पी सपिङ याट् बिगमार्ट’नामक सो अफरको पहिलो चरण अन्तर्गत ग्राहकवर्गलाई जेठ महिना भरी बिगमार्टमा कुनै पनि सामान खरिद गर्दा आइएमई पेको स्मार्ट क्युआर स्क्यान मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त हुनेछ ।
सो छुट अन्तर्गत ग्राहकवर्गले प्रत्येक कारोबारमा १०० रुपैयाँसम्म छुट पाउन सक्ने छन् र सो छुट प्रत्येक ग्राहकले अफर अवधी भरी ५ पटक सम्म पाउने छन् ।
अफरको दोस्रो चरण असार १ देखि साउन ३२ सम्म रहने छ । सो अवधीमा आइएमई पेले चितवन बिगमार्टमा राखिने एक्टिभेसन बुथमा आइएमई पेको खाता सुचारु गर्नका साथै ग्राहक वर्गलाई विभिन्न किसिमका गेमहरू खेलाइने छ र आकर्षक उपहारहरू पनि प्रदान गरिने छ ।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।
‘आइएमई पे’आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैङ्कको भुक्तानी तथा फछ्र्यौट्ट विनियमावली २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij