Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

नक्कली शरणार्थी प्रकरण-१६ जना पक्राउ पर्दा, को -को छन् अझै फरार ?

नक्कली शरणार्थी प्रकरण-१६ जना पक्राउ पर्दा, को -को छन् अझै फरार ?


  • 1.8K
    Shares

    नक्कली शरणार्थी प्रकरण-१६ जना पक्राउ पर्दा, को -को छन् अझै फरार ?
    images

    काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।

    बिहीबार मात्रै भुटानी शरणार्थीका नेतासमेत रहेका टेकनाथ रिजाल पक्राउ परेसँगै यो संख्या १६ पुगेको हो । नक्कली शरणार्थी प्रकरणमा सबैभन्दा पहिले गत चैत १२ गते प्रहरीले केशव भण्डारी,सानु केसी र टंककुमार गुरुङलाई पक्राउ गरेको थियो । उनिहरु पक्राउ परेपछि थप रहस्य खुलेको थियो । थप रहस्य खुल्दैजाँदा यस प्रकरणमा देशका उच्चस्थ नेतातथा कर्मचारीसमेत प्रहरी हिरासतमा पुगिसकेका छन् ।

    पूर्वउपप्रधान तथा उर्जामन्त्री एवं वर्तमान सांसद टोपबहादुर रायमाझी तथा पूर्वगृहमन्त्री बालकृष्ण खांण यस प्रकरणमा पक्राउ परेका सबैभन्दा ठुला भीआईपी हुन् । रायमाझी नेकपा एमालेका पार्टी सचिवसमेत हुन भने खांण कांग्रेस केन्द्रीय सदस्य छन् । यस प्रकरणमा जोडिएको समचार सार्वजनिक भएपछि रायमाझी पार्टीबाट निलम्बनमा परेका छन् भने खांण अझैपनि कांग्रेस केन्द्रीय सदस्यनै छन् । त्यस्तै यस प्रकरणमा कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा पक्राउ परेका छन् त्यस्तै तत्कालीन गृहसचिव टेकनारायण पाण्डेपनि हाल प्रहरी हिरासतमै रहेका छन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा हालसम्म केशव दुलाल, सानु भण्डारी, टंक गुरूङ, सागर राई, सन्देश शर्मा, टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, इन्द्रजित राई, टेकनारायण पाण्डे बालकृष्ण खाण, उनका पिए नरेन्द्र केसी, आङटावा शेर्पा, रामशरण केसी, गोविन्द चौधरी, शमशेर मिया र टेकनाथ रिजाल पुगिसकेका छन् ।

    को को फरार छन् अझै र ?

    यस प्रकरणमा जोडिएर पक्राउपूर्जी जारी भएका निरज राई र प्रतिक थापा हालसम्म पनि फरार रहेका छन् । थापा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा हुन भने राई पूर्वगृहमन्त्री बादलका सुरक्ष सल्लाहाकार इन्द्रजित राईका छोरा हुन् । राई र थापा बाहेक यस प्रकरणमा जोडिएका अन्य केही व्यक्तिपनि फरार रहेको प्रहरीले जना

    प्रकाशित मिति :जेठ ५ २०८० शुक्रवार - १३:२०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij