Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सन्राइज बैंकद्वारा घोडाघोडी बहुमुखी क्याम्पसमा फिल्टर हस्तान्तरण

सन्राइज बैंकद्वारा घोडाघोडी बहुमुखी क्याम्पसमा फिल्टर हस्तान्तरण


  • 2.2K
    Shares

    सन्राइज बैंकद्वारा घोडाघोडी बहुमुखी क्याम्पसमा फिल्टर हस्तान्तरण

    काठमाडौँ । सन्राइज बैंक लिमिटेडले सुदूूरपश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा वाटर प्युुरिफायर प्रदान गरेको छ । 

    बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरु गर्ने क्रममा सन्राइज बैंकले घोडाघोडी बहुमुखी क्याम्पसमा वाटर प्युुरिफायर प्रदान गरेको हो । 

    जेष्ठ ४ गते बिहिबार आयोजित एक कार्यक्रममा विद्यार्थीहरुलाई स्वच्छ पानी पिउन सहज होस भनेर एक थान वाटर प्युुरिफायर बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालज्यूले घोडाघोडी बहुमुखी क्याम्पसको अध्यक्ष विष्णुु प्रसाद सापकोटा र क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराईलाई हस्तान्तरण गरेका थिए । 

    सुख्खड क्षेत्रमा शुद्घ पिउने पानीको अभाब रहेको र यस सामाजिक कार्यले त्यहाँका विद्यार्थीहरुलाई विद्यालयमा शुद्ध पिउने पानी पिउन र स्वस्थ रुपमा पठनपाठन गर्न मदत पु¥याउने क्याम्पसको अध्यक्ष विष्णुु प्रसाद सापकोटाले बताए । 

    बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण लगाएतका क्षेत्रमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गदै जाने  बताएको छ । 

    यसै हप्ता सन्राइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूूरपश्चिमको धनगढी उप–नगरपालिका लागि डस्टबिन, हसनपुरको ऐश्र्वय विद्या निकेतन विद्यालयलाई प्रोजेक्टर, धनगढी त्रिनगर विद्यालयमा साइकल स्टायान्ड, चुरे गाउँपालिका र डडेलधुरामा प्रहरी बिट उद्घाटन गरेको थियो ।


    प्रकाशित मिति :जेठ ५ २०८० शुक्रवार - १२:५१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij